Association of Nepalese mathematician in America र नेपाल गणित केन्द्रको संयुक्त आयोजनामा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा २०६८ जेठ २ गते कक्षा ११ को पाठ्यक्रममा आधारित Curve tracing topics का बारेमा एक कार्याशाला गोष्ठीको आयोजना गरिएको थियो । उक्त गोष्ठिमा अमेरिकामा अनुसन्धानरत गणितज्ञहरु डा. कैलाशचन्द्र घिमिरे, दुर्गाजङ के.सी., दीपक बस्याल लगायत प्रा.डा. प्रकाशमुनी बज्राचार्य एवम् हरिनारायण उपाध्यायले आफ्नो Teaching module प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा केन्द्रका अध्यक्ष प्रा.डा. राममान श्रेष्ठ र उपाध्यक्ष प्रा.डा सिद्धिप्रसाद कोइरालाले समिक्षात्मक प्रस्तुति राख्नु भएको थियो ।
